गृहपृष्ठ मोदी–बालेन भेटको तयारी, नेपाली झण्डाले सजियो नयाँदिल्ली
मोदी–बालेन भेटको तयारी, नेपाली झण्डाले सजियो नयाँदिल्ली
मंसिर ६ , २०८३
बुटवल टाइम्स
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीलाई सजाइएको छ। प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर राखिएका छन्।
प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार भारत प्रस्थान गर्दै छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसैगरी, प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्कने कार्यतालिका छ।
















