गृहपृष्ठ लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा कपिलवस्तुका तीन पुरातात्विक स्थलको निरीक्षण

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा कपिलवस्तुका तीन पुरातात्विक स्थलको निरीक्षण


मंसिर ५ ,२०८३
बुटवल टाइम्स

बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य–सचिव इ. सन्तोष पाण्डेयले कपिलवस्तु जिल्लामा रहेका महत्वपूर्ण बौद्ध तथा पुरातात्विक स्थलहरूको निरीक्षण गरेका छन्।
शुक्रबार गोटिहवा, कुदान र तिलौराकोट पुगेर उनीहरूले ती स्थलको अवलोकन तथा निरीक्षण गरेका हुन्।
क्रकुच्छन्द बुद्ध र शाक्यमुनि बुद्धसँग सम्बन्धित ऐतिहासिक महत्वका यी स्थलहरूको भ्रमणका क्रममा पदाधिकारीहरूले भइरहेका संरक्षण, विकास तथा पूर्वाधार निर्माणका कामबारे जानकारी लिएका थिए। साथै सम्पदाको संरक्षण, प्रचारप्रसार र प्रवर्द्धनका विषयमा सम्बन्धित पक्षसँग छलफलसमेत गरेका थिए।
निरीक्षणका क्रममा बौद्ध सम्पदाहरूको संरक्षण र विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको थियो। कपिलवस्तुका ऐतिहासिक स्थलमा बौद्ध तीर्थयात्री तथा पर्यटकको आकर्षण बढाउन आवश्यक पूर्वाधार र सुविधा विस्तार गर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ।
लुम्बिनी भ्रमणमा आउने पर्यटकको यात्रा कपिलवस्तुका महत्वपूर्ण बौद्ध सम्पदासम्म विस्तार गर्ने उद्देश्यले यी स्थललाई एकीकृत रूपमा विकास गर्ने योजना कोषले अघि बढाउने जनाएको छ। यसका लागि आगामी दिनमा आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गरिने कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु