गृहपृष्ठ एनपिएल : विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
एनपिएल : विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
कार्तिक १५,२०८३
बुटवल टाइम्स
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर किङ्सले पहिलो जित निकालेको छ। वर्षाका कारण पाँच ओभरमा सीमित खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो।
हिजो भएको खेलमा कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो। विराटनगरका शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए भने आन्द्रे रसेलले अविजित २९ र लोकेश बमले २५ रनको योगदान दिए।
योसँगै विराटनगरले प्रतियोगितामा पहिलो जित दर्ता गर्दा सुदूरपश्चिमले दोस्रो हार बेहोरेको छ। यसैबीच, चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो।













