गृहपृष्ठ चोलेन्द्र शमशेर जबरासहित निकटस्थ र नातेदारका घरमा सम्पत्ति शुद्धीकरणको छापा
चोलेन्द्र शमशेर जबरासहित निकटस्थ र नातेदारका घरमा सम्पत्ति शुद्धीकरणको छापा
असाेज २१,२०८३
बुटवल टाइम्स
चोलेन्द्र शमशेर जबरासहित निकटस्थ र नातेदारका घरमा सम्पत्ति शुद्धीकरणको छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकटस्थ व्यक्ति तथा नातेदारका घरमा छापा मारेको छ।

विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालका घरमा टोलीले छापा मारेको हो। जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत विभागको टोली पुगेको स्रोतले जनाएको छ।
छापाका क्रममा केही महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको बताइएको छ। घटनाबारे विभागले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।
यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै घरबाट पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।













