गृहपृष्ठ महामन्त्री आचार्यद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १करोड १ लाख ११ हजार १सय ११एघार सहयोग

महामन्त्री आचार्यद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १करोड १ लाख ११ हजार १सय ११एघार सहयोग


भदौ १५,२०८३

कल्पना घिमिरे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले भोटेकोशी बाढीलगायतका विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
आचार्यले व्यक्तिगत, पारिवारिक तथा संस्थागत तर्फबाट उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिएका हुन्। विपद्को कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा पुनःस्थापनामा आफ्नोतर्फबाट पनि योगदान होस् भन्ने उद्देश्यले सहयोग गरिएको उनले बताएका छन्।
उनले यो दुःख र संकटको अवस्था चाँडै टरेर जाओस् भन्ने कामना गर्दै विपद्को सामना गर्न सबैमा धैर्य र साहस मिलोस् भनेका छन्। साथै, विपद्को यो घडीमा राजनीतिज्ञका रूपमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र गर्नुपर्ने इमानदार प्रयास निरन्तर जारी रहने आचार्यले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु