गृहपृष्ठ बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह


भदौ १०,२०८३
बुटवल टाइम्स

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणका लागि विदुरतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गर्नुभएको हो।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै प्रभावित क्षेत्रको अवस्थाबारे स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग छलफल गर्नुहुनेछ।

छलफलमा राहत तथा पुनर्स्थापनाका साथै बाढीका कारण अवरुद्ध सडक, पुललगायत अत्यावश्यक पूर्वाधार तत्काल सञ्चालन गर्ने विषयमा समेत केन्द्रित हुने बताइएको छ।

बाढीपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठक गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु