गृहपृष्ठ प्रगतिनगर सामुदायिक विद्युत् सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

प्रगतिनगर सामुदायिक विद्युत् सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

oplus_2

बुटवल टाइम्स
कल्पना घिमिरे

बुटवल, साउन ११ । प्रगतिनगर सामुदायिक विद्युत् सहकारी संस्था लिमिटेडले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा सातौँ बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रगतिनगरमा आयोजित रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका छन् भने ५० युनिट रगत संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य हेमा थामी सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता कृष्णप्रसाद चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन ज्याती जीसीले गर्नुभएको हाे। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बुटवल शाखाबाट आएका कर्मचारीहरूले प्राविधिक सहयोग गरेका थिए।

उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि हेमा थामीले रक्तदानजस्तो पवित्र र मानवीय सेवामा सबैको सहभागिता आवश्यक रहेको बताउँदै रक्तदानले संकटमा परेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।
यसै संस्थाका अध्यक्ष कृष्णप्रसाद चौधरीले रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, सहयोगी तथा प्राविधिक टोलीप्रति धन्यवाद व्यक्त गर्दै यस्ता मानवीय सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो।

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक ज्योति जीसीले रक्तदानमा मानवता, करुणा र संवेदना जोडिएको बताउँदै रक्तदानभन्दा महान् र पुण्य कार्य अरू हुन नसक्ने बताउनुभयो। आधुनिक युगमा समेत रगत उत्पादन गर्ने कुनै उद्योग नभएकाले रक्तदानबाटै आवश्यक रगतको आपूर्ति हुने उल्लेख गर्दै उहाँले नवजात शिशु, सुत्केरी तथा दुर्घटनामा परेका घाइतेको जीवन बचाउन रगत अत्यावश्यक रहेको बताउनुभयो।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। रक्तदाताहरूले आगामी दिनमा पनि नियमित रूपमा रक्तदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार, लेखा संयोजक, व्यवस्थापक तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव लक्ष्मण भण्डारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु