गृहपृष्ठ रुस्तम कंडेलको नेतृत्वमा रास्वपा तिलोत्तमाको नयाँ कार्यसमिति चयन

रुस्तम कंडेलको नेतृत्वमा रास्वपा तिलोत्तमाको नयाँ कार्यसमिति चयन


जेठ १३,२०८३

कल्पना घिमिरे

तिलोत्तमा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमाको प्रथम नगर अधिवेशनबाट रुस्तम कंडेल अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले कंडेलको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा कृष्ण तिवारी, सचिवमा डिल्लीराज पंगेनी तथा सह–सचिवमा यमुना खरेल निर्वाचित भएका छन्। सदस्यहरूमा अन्जु थापा, गोपाल प्रसाद पाण्डे, राजकुमार थारु, माधव न्यौपाने, प्रतीक पाण्डे, दधीराम भण्डारी, पार्वता पौडेल, गीतादेवी न्यौपाने र निशा नेपाली मिझार चयन भएका छन्।

अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा संजीव भण्डारी र नरेशबहादुर पछाई क्षेत्रीलाई निर्वाचित गरेको छ। त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा बालकृष्ण देवकोटा र चन्द्रमणि पाण्डेलाई निर्विरोध चयन गरिएको छ।

जिल्ला अधिवेशन प्रतिनिधिमा मोहनप्रसाद भुसाल, लालमणि सुवेदी, गोपालप्रसाद भण्डारी र शर्मिला आचार्य निर्वाचित भएका छन्।

अधिवेशनमा प्रमुख अतिथिका रूपमा सांसद डा. लेखजंग थापा सहभागी रहेका थिए। कार्यक्रममा रास्वपाका नेता तथा सांसद सुलभ खरेल, केन्द्रीय सदस्य तथा पीएम डेलिभरी युनिटका सन्तोष गिरी, सांसद मञ्जु भुसाल, प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमाका नगर अध्यक्ष बेलप्रसाद शर्मा, नेपाली कांग्रेस नगर सचिव रमेश पराजुली, नेकपा (एमाले) नगर कमिटी उपाध्यक्ष शंकर भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति चेतनारायण कंडेल तथा रास्वपाका युवा नेता आशिष सुवेदीलगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नवनिर्वाचित अध्यक्ष रुस्तम कंडेलले पार्टीलाई नयाँ सोच, स्पष्ट दृष्टिकोण र जनमुखी कार्यदिशासहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई पार्टीको मूल आधारका रूपमा आत्मसात गर्दै जनताको अपेक्षा, विश्वास र भावनाअनुसार प्रभावकारी ढंगले काम गर्ने दृढ अठोट व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु