गृहपृष्ठ प्रतिनिधिसभा विघटनविरुद्धका १७ रिटमा पेशी नतोकिने, माघ २८ मा साधारण तारिख
प्रतिनिधिसभा विघटनविरुद्धका १७ रिटमा पेशी नतोकिने, माघ २८ मा साधारण तारिख
माघ २०, २०८२
काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १७ वटा रिटमा पेशी तोकिएको छैन। सर्वोच्च प्रशासनले माघ २८ गतेलाई साधारण तारिख तोकेको छ। विपक्षी पक्षको लिखित जवाफ नआएकाले पेशी तोक्न नसकिएको अदालतले जनाएको छ।
यसअघि अदालतले सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो। एमाले, कांग्रेस तथा सार्वजनिक सरोकारअन्तर्गत दायर रिटहरू दोस्रो सुनुवाइको प्रतीक्षामा छन्। हाल ती सबै रिट सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छन्।










