गृहपृष्ठ पत्रकारिता क्षेत्रमा महिलाको क्षमता बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने

पत्रकारिता क्षेत्रमा महिलाको क्षमता बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने


बुटवल, फागुन २९     कल्पना घिमिरे

नेपाल सरकार संचार तथा सूचना प्रबिधि मन्त्रालय सिंहदरबार काठमाडौंले मंगलबार बुटवलमा आयोजना गरेको महिला पत्रकारिता तथा बिकासको निम्ति सरोकारवालाहरूकाे क्षमता अभिबृद्धी तथा अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भयाे । साे कार्यक्रममा बाेल्ने बक्ताहरूले  आमसंचार माध्यममा महिलाको सहभागिता बढाएर पत्रकारिता क्षेत्रमा महिलालाई नेतृत्वमा दिन सके मात्र पत्रकारितामा नया आयाम थप्न सकिने र  अबिश्वासको श्रृंखलालाई केही हद सम्म रोक्न सकिने बिश्वास ब्यक्त गरेका छन  । कार्यक्रमका   प्रमुख   अथिति समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले महिला पत्रकार पुरूष भन्दा बदी इमान्दार भएकाेले संचार क्षेत्रले उनीहरूकाे प्रवेशलाई प्राथमिकता दिनुपर्ने बताउदै  सम्मानजनक रुपमा पेसामा टिकिरहने वातावरणा बनाउन आम सञ्चार क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिनु भयाे  ।  प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष विजयराज अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा लोभ वा स्वार्थका कारण प्रकाशित समाचारहरूले अन्तर्राष्ट्रिय स्तरमै पत्रकारिता पेसाप्रति जनविश्वास घटाइरहेको बताउदै  पत्रकार आचार संहिताको प्रभावकारिता बढाउन तथा पत्रकारिताको गरिमा कायम गर्न महिला र पुरुष दुवैको समान भूमिका आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले महिला नेतृत्वको सवाललाई समाजमा विश्वासको आधारका रूपमा हेरिन थालेको बताउँदै पत्रकारितामा महिलाको संख्यालाई बढाउन र उनीहरुको क्षमता अभिबृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो ।सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पत्रकारिताले प्रशासनिक तथा राजनीतिक क्षेत्रलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । उहाले निष्पक्ष पत्रकारिताले मात्रै जनविश्वास जित्न सक्ने भएकोले कुनै पनि सञ्चारमाध्यम वा पत्रकारले राजनीतिक दलहरूको स्वार्थभन्दा माथि उठेर सत्यतथ्य रिपोर्टिङ गर्नुपर्ने जोड दिनु भएको छ ।यसै गरीअध्यक्ष तथा सञ्चार तथा सूचना मन्त्रालयको सूचना अधिकारी उपसचिव ममता बाँस्तोलाले पत्रकारितालाई लैंगिकमैत्री बनाउन बिभिन्न चुनौतीको सामना गर्नुपरेको बताउनु भएको छ । उहाले पत्रकारिता भित्र लैंगिक संवेदनशीलताको बिषय नै प्रमुख चुनौतीको रुपमा देखिएको बताउनु भयो । उहाले पछिल्लो समय मिडियामा लैंगिक हिंसाका घटनाहरु बढदै गएकोले महिला पत्रकारको क्षमता बिकास संग संगै समग्र मिडियालाई नै कसरी संवेदनशी बनाउने बिषयमा पहलकदमी लिन आवश्यक भएको बताउनु भयो । महिलालाई पत्रकारितामा टिकाइराख्न उनीहरुको दक्षता बृद्धि, वृत्ति विकास, सञ्चारमाध्यमको सम्पादकीय भूमिकामा उचित स्थान र समाचार कक्षमा महिलामैत्री वातावरण बनाउन सञ्चारमाध्यमहरुले ध्यान दिनुपर्नेमा मन्त्रालय महासचिव बास्तोलाले जोड दिनुुभयो ।नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले डिजिटल पत्रकारिता, साइबर सुरक्षासम्बन्धी ज्ञान तथा नयाँ प्रविधिको प्रयोग बिना आधुनिक पत्रकारिता अपूर्ण रहेको बताउनु भएको छ ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै सञ्चारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले महिला पत्रकारको अवस्था, चुनौती र अपेक्षा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै महिला पत्रकारलाई अवसर कम भएको बताउदै पत्रकारितामा महिलालाई लैंगिक बिभेद, बिट छनोट र पदोन्नतीमा भेदभाव, प्रजनन असुरक्षा ,नीतिगत असुरक्षा अभाव लगायतका चुनौतीहरुको सामना गरिरहनु परेको बताउनु भएको छ ।उहाले नेपालमा महिला पत्रकारहरूको संख्यात्मक वृद्धि भए पनि उनीहरू अझै पनि पुरुष सरह अधिकार, अवसर तथा जिम्मेवारी पाउनबाट वञ्चित रहेको बताउनु भयो । अध्यक्ष अनमोलले विशेष गरी, ‘आमा सुरक्षा’ (महिला पत्रकारहरूको मातृत्व सुरक्षासम्बन्धी सुविधा) तथा ‘समान कामको समान पारिश्रमिक’ को सुनिश्चितता गर्न कानुनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । बुटवलमा आयोजित महिला पत्रकारिता क्षेत्रको बिकासको निम्ति सरोकारवालाहरुको क्षमता अभिबृद्धी तथा अन्तरक्रिया कार्यक्रम मन्त्रालयको उपसचिव ममता बास्तोलाको अध्यक्षता  जिल्ला समन्वय रुपन्देहीका प्रमुख उमाकान्त चापागाइ प्रमुख आतिथ्यतामा  तथा   सन्चारिका समूह रूपन्देहीकी अध्यक्ष मिना ढकालकाे स्वागतमा कार्यक्रम सम्पन्न भएको हो । साे कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूकाे उपस्िथिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु