गृहपृष्ठ विश्वस्तरीय कराते लिगमा नेपालको पहिलो सहभागिता, पहिलो पदक

विश्वस्तरीय कराते लिगमा नेपालको पहिलो सहभागिता, पहिलो पदक


काठमाडौँ ।
नेपालकी कराते खेलाडी एरिका गुरुङले विश्व कराते महासंघद्वारा आयोजित प्रतिष्ठित प्रतियोगिता कराते १ प्रिमियर लिग मा कांस्य पदक जित्दै नेपाली खेल इतिहासमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्।

६८ केजीभन्दा बढी तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले फ्रान्सकी प्रतिस्पर्धीलाई पराजित गर्दै तृतीय स्थान प्राप्त गरेकी हुन्। यो लिग विश्वभरका शीर्ष खेलाडीहरूको सहभागितामा हुने उच्च स्तरको प्रतियोगिता हो।

एरिकाको यो सफलतासँगै नेपालले कराते १ प्रिमियर लिगमा पहिलो पटक सहभागी भएर नै पदक जित्ने कीर्तिमान राखेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एरिकाको यो उपलब्धिलाई ऐतिहासिक भन्दै नेपालको गौरव अन्तर्राष्ट्रिय मञ्चमा फैलिएको प्रतिक्रिया दिएको छ।

कराते १ प्रिमियर लिगमा सहभागी हुन पाउनु पनि अधिकांश खेलाडीका लागि स्वप्न बराबर मानिन्छ। त्यसमाथि पहिलो प्रयासमै नेपालका लागि पदक जित्नु विशेष सफलता हो, जुन भावी पुस्ताका खेलाडीहरूका लागि प्रेरणा बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु