गृहपृष्ठ लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन, नयाँ सत्ता समीकरणको असर

लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन, नयाँ सत्ता समीकरणको असर


 २२ बैशाख २०८२, सोमबार

लुम्बिनी प्रदेश सरकारले आफ्ना मातहत रहेका सबै १४ अस्पताल विकास समितिहरू विघटन गर्ने निर्णय गरेको छ। बैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले १२ जिल्लाका १४ वटै अस्पतालका विकास समितिहरू तत्काल प्रभावबाट विघटन गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएकी छन्।

लुम्बिनी प्रदेशमा दुईवटा प्रादेशिक अस्पताल—दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल रहेका छन्। बाँकी अन्य सबै जिल्ला अस्पताल हुन्। यी सबै अस्पतालहरूमा गठन गरिएका विकास समितिहरू एकैपटक विघटन गरिएका हुन्।

अघिल्लो नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को सत्ता साझेदारीका बेला गठन गरिएका यी समितिहरू हाल एमाले र नेपाली कांग्रेसबीचको नयाँ सत्ता समीकरण बनेसँगै विघटन गरिएको हो। स्रोतका अनुसार नयाँ सत्ता साझेदारीअनुसार भागबण्डाका आधारमा नयाँ समिति गठन गर्ने तयारीस्वरूप पुराना समितिहरू हटाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु