गृहपृष्ठ स्वास्थ्य क्षेत्रको बजेट कटौती राम्रो होइन: स्वास्थ्य बीमाको पुनरावलोकन आवश्यक — अर्थमन्त्री खनाल
स्वास्थ्य क्षेत्रको बजेट कटौती राम्रो होइन: स्वास्थ्य बीमाको पुनरावलोकन आवश्यक — अर्थमन्त्री खनाल
मंसिर २५, २०८२
काठमाडौं, — अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत क्षेत्रमा बजेट घट्दै गएको बताए।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो संकेत नभएको उल्लेख गर्दै यसमा अर्थ मन्त्रालय, योजना आयोग र सरकारी संयन्त्रबीच पर्याप्त सहकार्य नहुनु प्रमुख कारण हुनसक्ने बताए।
अर्थमन्त्री खनालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी भुक्तानी तुरुन्त गर्नुपर्नेमा जोड दिँदै सरकारले प्रतिवद्धता जनाएको रकम रोक्न नहुने स्पष्ट गरे। उनले स्वास्थ्यमन्त्री तथा स्वास्थ्य सचिवलाई पनि भुक्तानी छिटो टुंग्याउन आग्रह गरेको बताए।
उनका अनुसार राज्यले धान्न नसकिने स्वास्थ्य बीमा संरचना बनाइयो भने स्वास्थ्य संस्थाहरू सेवा दिन नसक्ने अवस्था आउन सक्छ, त्यसकारण स्वास्थ्य बीमा प्रणालीको पुनरावलोकन (review) आवश्यक छ।
खनालले स्रोत–साधन सीमित भएकाले मागे अनुसार तुरुन्त बजेट उपलब्ध गराउन नसकिए पनि अर्थ मन्त्रालयले विना कारण स्वास्थ्य क्षेत्रमा बजेट काट्ने नीति नरहेको बताए। उनले राष्ट्रको स्रोतको सदुपयोगमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।















