गृहपृष्ठ पोखराको मणिपाल शिक्षण अस्पतालका नर्स पुनः आन्दोलित
पोखराको मणिपाल शिक्षण अस्पतालका नर्स पुनः आन्दोलित
आश्विन २६, २०८२
पोखरा — पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरू पुनः आन्दोलित भएका छन्। उचित पारिश्रमिक र कार्यभार घटाउने मागसहित उनीहरू आइतबारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन्।
यसअघि पनि उनीहरूले यस्तै माग राख्दै आन्दोलन गरेका थिए। अस्पताल प्रशासनले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि एक साताअघि आन्दोलन स्थगित गरिएको थियो। तर, प्रतिबद्धता अनुसार कार्यान्वयन नहुँदा उनीहरूले आन्दोलन पुनः सुरु गरेका हुन्।
नर्सहरूको प्रमुख माग स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसारको तलब सुविधा लागू गर्नु र ओभरलोड कम गर्नु हो। उनीहरूले प्रशासनले तोकिएको भन्दा बढी समय र बिरामी भार दिने गरेको आरोप लगाएका छन्।
अस्पताल प्रशासनले भने वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गर्ने तयारी भइरहेको जनाएको छ।

















