गृहपृष्ठ बुटवलको औद्योगिक प्रदर्शनीमा दर्शकको घुइँचो, पहिलो सातामै ८ करोड कारोबार

बुटवलको औद्योगिक प्रदर्शनीमा दर्शकको घुइँचो, पहिलो सातामै ८ करोड कारोबार


पुस ९, २०८२

बुटवल  अहिले स्वदेशी उत्पादन, उद्यमशीलता र सांस्कृतिक रौनकले झकिझकाउ बनेको छ। १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु भएको पहिलो सातामै करिब एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी भएका छन् भने झण्डै ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ देखि १७ गतेसम्म सञ्चालन भइरहेको यस प्रदर्शनीमा स्वदेशी उत्पादनका स्टलहरू मात्र राखिएका छन्। चिसो मौसम, शीतलहर र बाक्लो हुस्सुका बाबजुद पनि दर्शकको उत्साह कम नभएको संघका कोषाध्यक्ष विशाल वेलवासेले बताउनुभयो।

पुसको सुरुदेखि नै बुटवलमा शीतलहर बढे पनि प्रदर्शनी स्थलमा दर्शकको भीड घटेको छैन। उडान अवरुद्ध हुँदा पनि केही राष्ट्रिय कलाकारहरू चितवन हुँदै स्थलमा आइपुगेका छन्। पूर्वघोषित कलाकारहरूलाई सहभागी गराउने तयारी तीव्र रहेको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो।महिला उद्यमीको दमदार उपस्थिति

प्रदर्शनीमा महिला उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको छ। संघकी सचिव मन्जु भुसालका अनुसार अवलोकनकर्ताको आकर्षण विशेषगरी महिला उद्यमीका उत्पादनतर्फ देखिएको छ र बिक्री पनि उत्साहजनक भइरहेको छ।
घरेलु तथा सामूहिक उत्पादन, हस्तकला, संस्कृति संरक्षणसँग सम्बन्धित सामग्रीहरूले दर्शकको मन जितिरहेका छन्।संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य:

प्रविधि सम्बन्धी जानकारी आदान–प्रदानउद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्कस्वदेशी उत्पादनको बजार प्रवर्द्धनगुणस्तरीय प्रतिस्पर्धा विकासपर्यटन प्रवर्द्धन

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको प्रदर्शनीमा १० वटा पेभिलियन निर्माण गरिएको छ। देशका ३९ जिल्लाका स्वदेशी उद्योगहरू सहभागी छन्।

प्रबन्धक यादव भण्डारीका अनुसार प्रदर्शनी अवधिभर ८ लाख दर्शक भित्र्याउने३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ। मनोरञ्जन र ज्ञानको संगमप्रदर्शनीलाई थप आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिताख्यातिप्राप्त गायक–गायिका तथा हास्य कलाकारको प्रस्तुतिब्याण्ड शोविद्यालयस्तरीय लोकनृत्य र वक्तृत्वकलाप्रदर्शनी आइडल तथा भजन प्रतियोगिताजस्ता कार्यक्रम समावेश गरिएको महासचिव सुमन बस्यालले जानकारी दिनुभयो।

प्रचार–प्रसार संयोजक इ. किरण खरेलका अनुसार प्रदर्शनीका गतिविधिहरू डिजिटल माध्यम, सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नियमित सार्वजनिक गरिँदै आएका छन्।
यसैबीच कृषि तथा पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठी र अन्तरक्रिया कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्।प्रदर्शनीको सुरुवातमै नेपाल पत्रकार महासंघद्वारा आयोजित फोटो प्रदर्शनीले दर्शकको विशेष ध्यान तानेको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताउनुभयो।स्वदेशी उत्पादन, उद्यमशीलता र संस्कृतिको उत्सव अनुभव गर्न बुटवलको प्रदर्शनी एकपटक अवश्य घुम्नैपर्ने गन्तव्य बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु