गृहपृष्ठ माओवादीसँग एकता गर्न प्रचण्ड–माधवले नेतृत्व छाड्नुपर्ने सर्त : घनश्याम भुसाल

माओवादीसँग एकता गर्न प्रचण्ड–माधवले नेतृत्व छाड्नुपर्ने सर्त : घनश्याम भुसाल


कार्तिक १३, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनाबारे नयाँ सर्त अघि सारेका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपाल दुवै नेतृत्वबाट बिदा हुने हो भने मात्र एकताको वातावरण बनाउन सकिने स्पष्ट पारेका हुन् ।

भुसालले भने, “तपाईंहरू (प्रचण्ड र माधव नेपाल) अब नेतृत्व छोड्न तयार हुनुहुन्छ भने मात्रै एकता सम्भव हुन्छ । मैले प्रचण्डलाई पनि यही कुरा भनेको छु— झन्डा र नाम मिल्यो भन्दैमा एकता गर्दा फेरि धोका हुन्छ, हिजो पनि त्यही गल्ती भयो।”

उनका अनुसार एमाले र माओवादीबीच भएको अघिल्लो एकताले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक रूपमा अझ सबल बनाएको थियो ।

माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अहिले नेकपा (एकीकृत समाजवादी) भित्र मतभेद तीव्र बन्दै गएको छ । बैठकमा पदाधिकारीहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु