गृहपृष्ठ प्रधानमन्त्री बालेनले आज संसदमा सम्बोधन गर्दै
प्रधानमन्त्री बालेनले आज संसदमा सम्बोधन गर्दै
भदौ १७,२०८३
बुटवल टाइम्स
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे सम्बोधन गर्ने भएका छन्।
आजको बैठकमा भोटेकोशी बाढीबारे सरकारले सदनलाई जानकारी गराउने कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री शाह आफैंले संसदलाई बाढीबाट भएको क्षति, खोज तथा उद्धार तथा सरकारका आगामी कदमबारे जानकारी गराउने भएका हुन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। अहिलेसम्म ११ सयभन्दा बढी शव फेला परिसकेको र ४ हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको जनाइएको छ।

















