गृहपृष्ठ नवलपरासीमा भेटिएका १७० शवमध्ये ६८ को डीएनए नमुना सुरक्षित, ९८ को सनाखत बाँकी

नवलपरासीमा भेटिएका १७० शवमध्ये ६८ को डीएनए नमुना सुरक्षित, ९८ को सनाखत बाँकी


भदौ १७,२०८३
बुटवल टाइम्स

पश्चिम नवलपरासीस्थित नारायणी नदीमा भेटिएका १७० शवमध्ये ६८ शवको डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ। चार शवको सनाखत भएको छ भने बाँकी ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १६ र कपिलवस्तुका अस्पतालमा पाँच शव राखिएका छन्। बाँकी शव व्यवस्थापनका लागि बर्दघाटस्थित एक वन क्षेत्र पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ। सुनवल नगरपालिकास्थित सामुदायिक वनमा समेत शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापन स्थल तथा पहिचान प्रक्रिया, शवको सुरक्षा र आफन्तसँगको समन्वय तथा सहजीकरणबारे जानकारी लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु