गृहपृष्ठ प्रधानमन्त्रीमा बालेन्द्र शाहको शपथ चैत १३ मा

प्रधानमन्त्रीमा बालेन्द्र शाहको शपथ चैत १३ मा


चैत ५ , २०८२
बुटवल टाइम्स

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री पदमा नियुक्त भई चैत १३ गते शपथ लिने भएका छन्।

रास्वपाका सभापति रवि लामिछाने, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल तथा वरिष्ठ नेता शाहबीच भएको छलफलले उक्त मिति तय गरेको हो।

यसअघि चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ कार्यक्रम तय गरिएको छ। सांसदहरूको शपथ सम्पन्न भएपछि मात्रै प्रधानमन्त्रीको शपथ हुने कार्यक्रम बनाइएको हो।

त्यस्तै, चैत १३ गते नै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ। रास्वपाका शीर्ष नेताहरूबीच सरकार गठन तथा ‘राजकाज’ सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको बताइएको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र प्रदान गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु