गृहपृष्ठ जेनजी आन्दोलन घटना: अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने

जेनजी आन्दोलन घटना: अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने


आश्विन २१, २०८२

 काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ।

आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार जारी विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “आयोगलाई भौतिक तथा मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका विषयमा आवश्यक राय दिने कार्यादेश प्राप्त भएको छ। यसअन्तर्गत आयोगबाट रायसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले कानुन बमोजिम अघि बढ्ने भन्ने गृह मन्त्रालयको मिति २०८२ असोज ९ गते जारी विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ।”

आयोगले फौजदारी कसूरमा संलग्न जो–कोहीलाई राज्यका संयन्त्रमार्फत तत्काल अनुसन्धान र कारबाही गर्न सकिने उल्लेख गरेको छ। त्यसका लागि आयोगको प्रतिवेदन पर्खिनुपर्ने नहुने आयोगको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु