गृहपृष्ठ राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको आज बसेको बैठकमा निलम्बित सांसद मोहनबहादुर बस्नेत र माया राईसम्बन्धी मुद्दा प्रमुख रूपमा उठेको छ। बैठकमा सहभागी नेताहरूले दुवै सांसदमाथि लागेको आरोपबारे छलफल गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा मुद्दा दायर...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू राष्ट्रको समर्थन र संघीयता खारेजीको माग उठाएको आधारमा आफूहरूलाई सरकारले प्रताडित बनाएको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, “सरकारले हाम्रो विचारलाई अस्वीकार गर्दै लगातार संविधानको धारा...
जेष्ठ १ काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १४ महिनापछि प्रधानमन्त्रीको पद किस्तीमा राखेर हस्तान्तरण गर्ने घोषणा गरेका छन्। पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले देउवालतर्फ व्यंग्य गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।...
३० वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । समानुपातिक प्रणालीअन्तर्गत जनमत पार्टीबाट प्रतिनिधित्व गरिरहेकी गुरुङले सोमबार सभामुखसमक्ष राजीनामा पत्र बुझाउँदै जिम्मेवारी त्याग गरेकी हुन्। राजीनामा पत्रमा उनले लेखेकी छन्, "राष्ट्र, देश र जनता भन्दा...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणपछि भारत–पाकिस्तानबीच उत्पन्न तनाव र पछिल्ला घटनाक्रमबारे जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...
५ वैशाख, पोखरा ।नेकपा एमाले पर्वतमा नेताबीचको गुटबन्दी र प्रतिशोधपूर्ण राजनीतिले पार्टी संरचना मात्र होइन, कार्यकर्ताको एकता समेत चिराचिरा भएको छ। स्थिति यति भयावह बनेको छ कि पार्टीभित्रकै आन्तरिक कलह अब भौतिक झडपमा परिणत हुन थालेको छ। पार्टीभित्रको द्वन्द्व राष्ट्रिय...
२३ वैशाख, काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेताहरूमाथि तीव्र आलोचना गरेका छन्। उनले सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्न नहुने चेतावनी दिएका छन्। प्रतिनिधि सभामा सोमबार भएको बैठकमा माओवादी अध्यक्ष...
२०८२ वैशाख २२ गते काठमाडौं कांग्रेस नेता डा. शेखर कोइरालाले सरकार गठनको बेला गरिएको सात बुँदे सहमति मात्र कागजमा सीमित भएको बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान सरकारले संविधान संशोधनदेखि सुशासन कायम गर्नेसम्मका वाचाहरू बेवास्ता गरेको...
२०८२ वैशाख २२ गते काठमाडौं — नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानमा करिब एक करोड जनतासँग प्रत्यक्ष भेट, संवाद र अन्तरक्रिया भएको दाबी गरेको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार, अभियानले अपेक्षा गरेभन्दा बढी जनसहभागिता बटुलेको...
१७ वैशाख, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आदिवासी, जनजाति, दलित, मधेसी र मुस्लिम समुदायमाथि अन्याय र दमन भइरहेको आरोप लगाएका छन्। बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि उनलाई भेट्न डिल्लीबजार कारागार पुगेका डा. राउतले...











