गृहपृष्ठ तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का सम्झौता अन्त्य

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का सम्झौता अन्त्य


कार्तिक १३,२०८३
बुटवल टाइम्स

इलाम। मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्ड स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ।

९.५ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने आयोजना पटक–पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्रै भौतिक प्रगति भएको थियो।
पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम काम भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता अन्त्य गरेको हो।
सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।
अलपत्र परेको उक्त सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत तथा बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु