गृहपृष्ठ प्रधानमन्त्री पत्नी काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
प्रधानमन्त्री पत्नी काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
असाेज २९,२०८३
बुटवल टाइम्स
काठमाडौं । प्रधानमन्त्री पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो।
बिहीबार बिहान अस्पताल भर्ना भएकी काफ्लेको जनरल सर्जन प्राध्यापक डा. प्रसन्न वीर कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो।
त्रिवि शिक्षण अस्पतालका सहप्रवक्ता कालीप्रसाद रोसार्यका अनुसार शल्यक्रियापछि काफ्लेको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
चिकित्सकहरूले उनलाई केही समय अस्पतालमै निगरानीमा राखिने जनाएका छन्।

















