गृहपृष्ठ उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
भदौ २५,२०८३
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
बुधबार ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्तिपछि यादवको आलोचना भएको थियो। पछिल्लो समय ग्यासको आपूर्ति व्यवस्थापन मिलाउन नसकेको भन्दै पनि उनी आलोचित हुँदै आएकी थिइन्।

















