गृहपृष्ठ “हेलिकप्टर चाहिने ठाउँबाहेक राहत पुगिसक्याे” फेक भिडियो नफैलाउनुहाेस : उप्रेती

“हेलिकप्टर चाहिने ठाउँबाहेक राहत पुगिसक्याे” फेक भिडियो नफैलाउनुहाेस : उप्रेती


भदौ २२,२०८३
बुटवल टाइम्स
काठमाडौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको बताएका छन्।
उनका अनुसार हेलिकप्टरबाट मात्रै पुग्न सकिने अति विकट क्षेत्रमा भने राहत पुर्‍याउन कठिनाइ भइरहेको छ। हाल हेलिकप्टरलाई बेपत्ताको खोजी तथा फसेकाहरूको उद्धारमा प्राथमिकता दिइएकाले राहत ढुवानी प्रभावित भएको उनले बताए।
स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको जनाउँदै उप्रेतीले सामाजिक सञ्जालमा फैलाइएका फेक भिडियो तथा गलत सूचनाले त्रास बढाउने भएकाले त्यस्ता सामग्री नफैलाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु