गृहपृष्ठ पृथ्वी राजमार्गको परेवाभिरमा १०० मिटर वैकल्पिक ट्रयाक खुल्यो
पृथ्वी राजमार्गको परेवाभिरमा १०० मिटर वैकल्पिक ट्रयाक खुल्यो
भदाै १७, २०८३
बुटवल टाइम्स
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभिरमा वैकल्पिक ट्रयाक खोलिएको छ।
त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि उक्त खण्डको सडक भासिएर यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले सोही स्थानमा करिब १०० मिटर लामो वैकल्पिक ट्रयाक निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको हो।
वैकल्पिक ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सवारी साधन सामान्य रूपमा सञ्चालन हुन थालेका छन्। यद्यपि, नयाँ ट्रयाकमा यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
यसअघि त्रिशूली नदीको बाढीका कारण पृथ्वी राजमार्गकै कृष्णभिर क्षेत्रमा सडक भासिएपछि यातायात पूर्णरूपमा प्रभावित भएको थियो।
राजमार्गको क्षतिग्रस्त खण्डका कारण काठमाडौं आउजाउका लागि हाल चितवनको नारायणगढबाट हेटौंडा हुँदै काठमाडौं जोडिने विभिन्न तीन वैकल्पिक रुटबाट सवारी सञ्चालन भइरहेका छन्।

















