गृहपृष्ठ कृष्णभीरमा ग्याबियन वालमाथिबाट सवारी चलाउन पुर्वाधार मन्त्रालयकाे तयारी
कृष्णभीरमा ग्याबियन वालमाथिबाट सवारी चलाउन पुर्वाधार मन्त्रालयकाे तयारी
भदौ १६,२०८३
बुटवल टाइम्स
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर पहिरो क्षेत्रमा तत्काल सवारी सञ्चालनका लागि ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारी गुडाउन मिल्ने संरचना निर्माण गरिने भएको छ।
मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले विपद् प्रभावित क्षेत्र र राजधानीबीचको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न तत्काल उक्त संरचना निर्माण अघि बढाउने निर्णय गरेको हो।
ट्र्याक खोल्ने क्रममा ‘सेक्रिफिसियल ग्याबियन बक्स’ र ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कामसमेत गरिने मन्त्रालयले जनाएको छ।
दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ र सिट पाइललगायत विकल्पबारे सडक विभागले अध्ययन गर्नेछ। साथै, कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणको सम्भाव्यता अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय भएको छ।
अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउनेछ।

















