गृहपृष्ठ चीनद्वारा बाढीपीडितका लागि ३३ करोड ६ लाख नगद सहयोग

चीनद्वारा बाढीपीडितका लागि ३३ करोड ६ लाख नगद सहयोग

Oplus_16908288

भदौ १४,२०८३
बुटवल टाइम्स

काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि ३३ करोड ६ लाख रुपैयाँ नगद सहयोग गरेको छ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। यस्तै, चिनियाँ रेडक्रसले उपलब्ध गराएको थप ३ करोड ६ लाख रुपैयाँ (२ लाख अमेरिकी डलर) पनि हस्तान्तरण गरिएको छ।
सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताएका छन्। चीनका राष्ट्रपति र प्रधानमन्त्रीले समेत नेपालको विपत्तिमा साथ रहने सन्देश पठाएको उनले जानकारी दिए।
उनका अनुसार आइतबार दुईवटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत राहत सामग्री काठमाडौं ल्याइएको छ।
यस्तै, रसुवा बाढीका कारण चीनतर्फ रोकिएका नेपालीलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउन पहल भइरहेको उनले जानकारी दिए।
जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति र थप उद्धार प्राविधिक टोली काठमाडौं आइसकेको पनि राजदूतले बताए। नेपाल सरकारले माग गरेको ठूलो परिमाणको राहत सामग्री बोक्न सक्ने ड्रोन ल्याउने तयारीसमेत तीव्र पारिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु