गृहपृष्ठ गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्न सांसद अग्रवालको माग
गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्न सांसद अग्रवालको माग
Oplus_16908288
भदौ २,२०८३
कल्पना घिमिरे
काठमाडौँ — रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा यस क्षेत्रका व्यवसायी तथा लगानीकर्ता समस्यामा परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनमकुमारी अग्रवालले बताएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद अग्रवालले विमानस्थललाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्। विमानस्थललाई आधार बनाएर लगानी गरेका व्यवसायीहरू अहिले आर्थिक संकटमा परेको उनको भनाइ छ।
उनले विमानस्थल नियमित सञ्चालनमा आए पर्यटन व्यवसायसँगै लुम्बिनी क्षेत्रको आध्यात्मिक पर्यटन र बुद्ध सर्किटको प्रवर्द्धनमा समेत टेवा पुग्ने बताइन्।
बजेटमा निजी क्षेत्रसँगको सहकार्यमा विमानस्थल सञ्चालन गर्ने विषय समेटिएको उल्लेख गर्दै सांसद अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चाँडोभन्दा चाँडो नियमित रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिन्।















