गृहपृष्ठ नेपालमा ६० हजार एनजीओ, २५० आईएनजीओ दर्ता; सक्रिय भने १० हजार मात्रै

नेपालमा ६० हजार एनजीओ, २५० आईएनजीओ दर्ता; सक्रिय भने १० हजार मात्रै


बुटवल टाइम्स

श्रावण २०, २०८३

काठमाडौं  । नेपालमा करिब ६० हजार गैरसरकारी संस्था (एनजीओ) र २५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) दर्ता रहे पनि सक्रिय रूपमा काम गर्ने संस्थाको संख्या निकै कम रहेको पाइएको छ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबार बसेको बैठकमा समाज कल्याण परिषद्का सदस्य सचिव चक्र बुढाले नेपालमा करिब ६० हजार एनजीओमध्ये करिब १० हजार मात्र सक्रिय रहेको जानकारी दिए। उनका अनुसार २५० आईएनजीओमध्ये १३६ वटा मात्रै हाल सक्रिय रूपमा सञ्चालनमा छन्।

समितिको बैठकमा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरू एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)ह्युम्यान राइट्स वाचले सर्वोच्च अदालतका तीन न्यायाधीशमाथि राजीनामाको दबाब र महाअभियोगको चेतावनी दिएको भन्दै जारी गरेको संयुक्त विज्ञप्तिबारे पनि छलफल भएको थियो।

यस विषयमा समितिका सदस्य यज्ञमणि न्यौपानेले छलफलको माग गर्दै निवेदन दिएका थिए। सोही क्रममा ती संस्थाहरूको नेपालमा रहेको कानुनी हैसियतबारे प्रश्न उठेपछि सदस्य सचिव बुढाले सम्बन्धित संस्थाहरूको नवीकरण अवस्थाबारे जानकारी गराएका हुन्।

उनका अनुसार एमनेस्टी इन्टरनेशनलको नवीकरण अवधि सकिएको छ र हाल नवीकरण प्रक्रियामा रहेको छ। **इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)**को नवीकरण अवधि सन् २०२७ सम्म कायम रहेको उनले बताए।

त्यस्तै, ह्युम्यान राइट्स वाचले २०६४ सालमा नेपालमा कार्य स्वीकृति लिए पनि त्यसयता न त स्वीकृति नवीकरण गरेको छ, न नयाँ स्वीकृति नै लिएको छ। परिषद्ले उक्त संस्थाको हालको कानुनी अवस्थाबारे आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु