गृहपृष्ठ लुम्बिनी प्रदेशमा खेलकुद प्रवर्द्धन: मुख्यमन्त्री कप अन्तर्गत महिला भलिबल प्रतियोगिता

लुम्बिनी प्रदेशमा खेलकुद प्रवर्द्धन: मुख्यमन्त्री कप अन्तर्गत महिला भलिबल प्रतियोगिता


लमही, १८ चैत – लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको घोराहीमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ । प्रतियोगिता यही चैत २० गतेदेखि २३ गतेसम्म प्रदेशभरका १२ जिल्लाका खेलाडीहरूको सहभागितामा सम्पन्न हुनेछ ।

प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्च मा आयोजना गरिने प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतम ले जानकारी दिए ।

प्रतियोगिताको संरचना र नियम
प्रतियोगिता लिगकम नकआउट को आधारमा खेलाइने छ र अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमअनुसार सञ्चालन गरिनेछ ।
प्रतियोगितामा प्रदेशस्तरीय महिला खेलाडीहरूको विकास तथा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको गौतमले बताए ।

सहभागी टिमका संरचना:

प्रत्येक टिममा १२ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना टिम व्यवस्थापक गरी १४ जनासम्म रहनेछ ।

खेलाडीहरू सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

खेलाडीहरूले नागरिकता वा सरकारी कागजातको सक्कली प्रमाणपत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ ।

खेलाडी र टिम व्यवस्थापनका लागि विशेष व्यवस्था
आयोजकले खेल सञ्चालन हुने जिल्ला बाहेकका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई यातायात खर्च उपलब्ध गराउने छ ।

प्रतियोगितामा सहभागी टिमहरूलाई खाना र आवास खर्चसमेत प्रदान गरिनेछ ।

पुरस्कार राशी र सम्मान
प्रतियोगिताका विजेताहरूलाई निम्नानुसार पुरस्कार प्रदान गरिनेछ:
🏆 विजेता टिम:

नगद रु १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र

🥈 उपविजेता टिम:

नगद रु ६५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र

🥉 तृतीय स्थान प्राप्त टिम:

नगद रु ३५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र

🏅 सान्त्वना पुरस्कार:

नगद रु १५ हजार, प्रमाण–पत्र

🏅 सर्वोत्कृष्ट खेलाडी पुरस्कार:

नगद रु १० हजार, मेडल, ट्रफी र प्रमाण–पत्र

🏅 ६ विधामा उत्कृष्ट खेलाडीहरू:

जनही रु ५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र

प्रदेश स्तरीय खेलकुद प्रतियोगिताहरूको निरन्तरता
यसअघि, अर्घाखाँचीको सन्धिखर्कमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको थियो ।
अब चैत २५ गतेबाट प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता र चैत २७ गतेबाट फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु