गृहपृष्ठ नेपाल प्रहरीको साइबर ब्युरोले VPN प्रयोगबारे चेतावनी जारी

नेपाल प्रहरीको साइबर ब्युरोले VPN प्रयोगबारे चेतावनी जारी


काठमाडौँ, — नेपाल प्रहरीको साइबर ब्युरोले सेवाग्राहीहरूलाई भर्चुअल प्राइभेट नेटवर्क (VPN) प्रयोग नगर्न आग्रह गरेको छ।

सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेका बेला, साइबर ब्युरोले बुधबार जारी गरेको सूचनामा VPN प्रयोग गर्दा संभावित जोखिमहरूका बारेमा सचेत गराइएको हो।

ब्युरोका अनुसार, VPN प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुने, बैंकिङ एप्लिकेसन ह्याक हुने, आर्थिक नोक्सान पुग्ने, कम्प्युटर वा मोबाइलमा भाइरस लाग्ने र अन्य साइबर सुरक्षा समस्या देखा पर्न सक्ने खतरा रहन्छ।

सरकारले फेसबुकलगायत केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि प्रयोगकर्ताहरूले नेपालबाहिरका सर्भरमार्फत VPN प्रयोग गर्दै ती प्लेटफर्महरू पहुँच गरिरहेका छन्। यसै सन्दर्भमा, साइबर ब्युरोले सुरक्षा जोखिमका कारण VPN प्रयोग नगर्न सुझाव दिएको हो।

साइबर ब्युरोले सेवाहरू प्रयोग गर्दा सुरक्षा सचेतता अपनाउन, अवैध माध्यमबाट इन्टरनेटमा पहुँच नगर्न, र डिजिटल उपकरणमा केवल आधिकारिक एप तथा सफ्टवेयर मात्र प्रयोग गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु