गृहपृष्ठ “निर्वाचन आयोगले फागुनको पहिलो हप्ताभित्र मतपत्र वितरण पुरा गर्ने”

“निर्वाचन आयोगले फागुनको पहिलो हप्ताभित्र मतपत्र वितरण पुरा गर्ने”


माघ ८, २०८२

काठमाडौं — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी पूरा गर्न लागेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, माघ महिनाभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिनेछ र फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा वितरण गरिनेछ।

समानुपातिकतर्फ १० करोड मतपत्रमध्ये अधिकांश छपाइसकिएको छ भने बाँकी ५० लाख मतपत्र अन्तिम चरणमा रहेको छ। निर्वाचनका लागि आवश्यक ५१ मध्ये ३७ वटा सामग्री सम्बन्धित जिल्लामा खरिद गरिसकिएको छ भने बाँकी १४ वटा माघको तेस्रो हप्ताभित्र प्राप्त हुनेछन्।

उम्मेदवारको नामावली प्रकाशनपछि उनीहरूले शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। अन्तिम नामावली माघ ९ गते दिउँसो १–३ बजेसम्म प्रकाशित हुने र सोही दिन ४–७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि यस वर्ष कुल ३,४८७ उम्मेदवारले दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु