गृहपृष्ठ सडकमै सुत्केरी गराएकी प्रहरी जवान देउवा सम्मानित

सडकमै सुत्केरी गराएकी प्रहरी जवान देउवा सम्मानित


७ जेठ, धनगढी।
कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेकी महिलालाई उद्धार गरी सुरक्षित प्रसूति गराएकी प्रहरी जवान चन्द्रिका देउवा पुरस्कृत भएकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी चौकी खैरानामा कार्यरत देउवालाई प्रशंसापत्र प्रदान गर्दै रेकर्डमा उल्लेख हुने गरी बुधबार सम्मान गरेको हो। कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई उत्कृष्ट सेवाका लागि औपचारिक रूपमा पुरस्कृत गरे।

एसपी राणाका अनुसार देउवाले गोदावरी–१ स्थित बसन्तपुरमा मंगलबार सडकमा प्रसव पीडामा छटपटाइरहेकी चन्द्रा आचार्यलाई सुत्केरी गराउन सहयोग गरेकी थिइन्। आचार्य बझाङको थलारा गाउँपालिका घर भएकी हुन्। देउवाको सहयोगमा आचार्यलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुर्‍याइएको थियो।

देउवाको साहसिक कार्यको प्रशंसा गर्दै एसपी राणाले भने, “संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरिन्छ, गल्ती गर्नेहरू भने कारवाहीको दायरामा ल्याइन्छन्।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु