गृहपृष्ठ रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशको इजलासमा

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशको इजलासमा


५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ।

यसअघि उक्त रिट पाँच पटकसम्म हेर्न नमिल्ने न्यायाधीशहरू रहेको इजलासमा परेपछि सुनुवाइ अघि बढ्न सकेको थिएन। तर आइतबार मात्र हेर्न मिल्ने न्यायाधीश रहेको इजलासमा पेसी तोक्ने आदेश भएपछि सोमबार सुनुवाइका लागि पेशी तोकिएको हो।

सोमबारको पेसी सूचीमा रवि लामिछानेको रिट ‘घ’ नम्बरमा राखिएको छ। उनले दायर गरेको रिटभन्दा अघि भ्रष्टाचार र अन्य बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाहरू राखिएका छन्।

हाल लामिछाने भैरहवा कारागारमा थुनामा रहेका छन्। उनीमाथि सहकारी ठगी तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी आरोपमा उच्च अदालत बुटवलको आदेशअनुसार पुर्पक्षका लागि थुनामा राखिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु