गृहपृष्ठ भ्रष्टाचार नियन्त्रण सुशासनको पहिलो शर्त : प्रधानमन्त्री कार्की

भ्रष्टाचार नियन्त्रण सुशासनको पहिलो शर्त : प्रधानमन्त्री कार्की


२८ माघ २०८२

प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेको बताएकी छन्। ३५औँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले अख्तियारले पछिल्लो समय सक्रियता देखाए पनि अझै अपेक्षित रूपमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको उल्लेख गरिन्। विद्यमान संयन्त्रलाई नै सुधार गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनले पनि सुशासन र पारदर्शिताको माग उठाएको स्मरण गराउँदै सरकार सुशासन कायम गर्न गम्भीर रहेको स्पष्ट पारिन्। सार्वजनिक स्रोत दुरुपयोग गर्ने जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिँदै उनले आयोगले आफ्नो सबै संयन्त्रको प्रयाेग गर्नुपर्ने बताईन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु