गृहपृष्ठ डा. चिरञ्जीवी देवकोटाको नेतृत्वमा त्रिवि प्राध्यापक संघ बुटवल क्याम्पसमा नयाँ कार्यसमिति चयन

डा. चिरञ्जीवी देवकोटाको नेतृत्वमा त्रिवि प्राध्यापक संघ बुटवल क्याम्पसमा नयाँ कार्यसमिति चयन


कल्पना घिमिरे

बुटवल, असार  ३१  – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस इकाईको अधिवेशन–२०८२ सम्पन्न भई डा. चिरञ्जीवी देवकोटाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

सर्वसम्मत रूपमा चयन भएको यस कार्यसमितिले क्याम्पसभित्र शैक्षिक उत्तरदायित्व, प्राध्यापक अधिकार संरक्षण तथा संस्थागत सुदृढीकरणमा केन्द्रित रहने जनाएको छ।

अधिवेशनमा निर्वाचन समितिका संयोजक शिवनारायण अधिकारी, सदस्य राजेन्द्रप्रसाद ढुंगाना र नवराज पन्थीले संयोजन गरी नेतृत्व चयन प्रक्रिया सम्पन्न गरेका थिए।

नवनिर्वाचित कार्यसमिति:

  • सभापति: डा. चिरञ्जीवी देवकोटा

  • उपसभापति  प्रेम प्रसाद पौडेल

  • सचिव: होमनाथ चालिसे

  • सहसचिव: बलवन्त कुर्मी

  • कोषाध्यक्ष: डा. तारानाथ भट्टराई

  • सदस्यहरू:

    • सुभाष चन्द्र चौधरी

    • कुमारी लक्ष्रमी शर्मा

    • कृष्ण प्रसाद पाण्डे (भुगाेल)

    • राजेश चन्द् पौडेल

    • प्रभा पौडेल

    • गणेश महतो

संघीय सोच र शैक्षिक सुधारको प्रतिबद्धता

सभापति डा. देवकोटाले कार्यभार सम्हाल्ने क्रममा प्राध्यापकहरूको पेशागत हित, गुणस्तरीय शिक्षाको प्रवर्द्धन र प्रशासनसँगको समन्वयमा संघले गम्भीर ध्यान दिने बताएका छन्।

उनले भने, “यस कार्यकालमा हामी समावेशी सहभागिता, पारदर्शिता र पेशागत मूल्यमा आधारित भएर अघि बढ्नेछौं।”

नयाँ नेतृत्वले त्रिविका नीति र मूल्य अनुरूप संगठनात्मक संयमता कायम राख्दै स्थानीय स्तरमा शिक्षकहरूको आवाज संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।नयाँ कार्यसमिति चयनसँगै प्राध्यापक संघले आगामी दिनमा क्याम्पसभित्र शैक्षिक योजना निर्माण, प्रशासनिक समन्वय, अनुसन्धान प्रवर्द्धन, तथा कर्मचारी–विद्यार्थीबीचको  भूमिका थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु