गृहपृष्ठ कार्यवाहक प्रमुख निर्वाचन अायुक्त भण्डारी भन्छन् “निर्वाचन एकै चरणमा हुन्छ”

कार्यवाहक प्रमुख निर्वाचन अायुक्त भण्डारी भन्छन् “निर्वाचन एकै चरणमा हुन्छ”


२६ माघ २०८२

काठमाडौँ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा वा बहुचरणमा हुने भन्ने विषयमा पछिल्ला दिनमा चर्चा भए पनि निर्वाचन आयोगले यस्तो अवधारणालाई कहिल्यै स्वीकार नगरेको स्पष्ट पारेका छन्।

काठमाडौं पोस्टसँगको अन्तर्वार्तामा उनले भने, “निर्वाचन आयोगले सुरुदेखि नै चरणको अवधारणामा विश्वास गरेको छैन। आयोगले कहिल्यै ‘एक चरण’, ‘दुई चरण’ वा ‘तीन चरण’ भन्ने शब्द उच्चारण गरेको छैन।”

भण्डारीले आगामी निर्वाचन फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएकै समय र मितिमा सम्पन्न हुने दोहोर्‍याए।

यसपटक धेरै मतदाताले निर्वाचन क्षेत्र बाहिरबाट मतदान गर्न पाउने अपेक्षा गरे पनि त्यो सम्भव नभएको उनले बताए। उनका अनुसार त्यसका पछाडि कानुनी र संवैधानिक सीमाहरू मुख्य कारण हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु