गृहपृष्ठ मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी
मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी
कार्तिक १८, २०८३
बुटवल टाइम्स
काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ।
त्यस्तै, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय भएको बताइएको छ।
















