गृहपृष्ठ भौतिक मन्त्रालयको कडा निर्देशन: सेवामा ढिलासुस्ती र बिचौलिया सह्य हुँदैन
भौतिक मन्त्रालयको कडा निर्देशन: सेवामा ढिलासुस्ती र बिचौलिया सह्य हुँदैन
चैत २० , २०८२
बुटवल टाइम्स
बुटवल, — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले मातहतका सबै निकायलाई सुशासन कायम गर्न कडा निर्देशन दिएको छ।
मन्त्री सुनिल लम्साल को निर्देशनमा शुक्रबार जारी विज्ञप्तिमा सेवाग्राहीप्रति इमान्दार र जिम्मेवार भएर काम गर्न भनिएको छ। मन्त्रालयले ढिलासुस्ती, अनियमितता तथा बिचौलियाको प्रभावबाट टाढा रहन पनि सबै निकायलाई सचेत गराएको छ।
विज्ञप्तिमा सेवाग्राहीलाई सरल र सहज रूपमा सेवा दिन, झन्झट सिर्जना नगर्न तथा कुनै पनि प्रकारको अवैध शुल्क असुली नगर्न/नगराउन स्पष्ट निर्देशन दिइएको छ।
यसअघि मन्त्री लम्सालले निर्माण व्यवसायीसँगको छलफलमा भौतिक निर्माणका काममा कुनै कर्मचारी वा बिचौलियाले कमिशन मागे सिधै आफूलाई जानकारी गराउन आग्रह गरेका थिए।















