गृहपृष्ठ रास्वपा बैठकमा रविको जोड– विपद्का बेला राजनीतिक एकता र राष्ट्रिय सहमति कायम गर्नुपर्छ

रास्वपा बैठकमा रविको जोड– विपद्का बेला राजनीतिक एकता र राष्ट्रिय सहमति कायम गर्नुपर्छ


भदौ १८, २०८३
बुटवल टाइम्स

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निस्किएका निष्कर्षबारे जानकारी गराएको पार्टी प्रवक्ता जगदीश खरेलले बताए।
प्रवक्ता खरेलका अनुसार लामिछानेले सर्वदलीय बैठकमा व्यक्त गरिएको ऐक्यबद्धताप्रति सबै दललाई धन्यवाद दिएका थिए।
बैठकमा उनले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर राजनीतिक र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु