गृहपृष्ठ रास्वपा रुपन्देहीमा पदस्थापनासँगै बृहत् पार्टी प्रवेश कार्यक्रम

रास्वपा रुपन्देहीमा पदस्थापनासँगै बृहत् पार्टी प्रवेश कार्यक्रम


साउन २२ , २०८३
कल्पना घिमिरे

रूपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्यहरूको पदस्थापना, सम्मान तथा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ।
रास्वपा रुपन्देहीका अनुसार कार्यक्रम २०८३ साल श्रावण २३ गते शनिबार बिहान ११ बजे भैरहवास्थित पटवा ब्याङ्केटमा आयोजना हुनेछ। कार्यक्रममा रास्वपाका महासचिव विपिन आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको औपचारिक पदस्थापना र सम्मान गरिनुका साथै विभिन्न व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराइने जनाइएको छ।
रास्वपा रुपन्देहीका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने, नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने तथा नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
सभापति उपाध्यले कार्यक्रमको समाचार संकलन तथा प्रसारणका लागि रुपन्देहीमा क्रियाशील सम्पूर्ण सञ्चारकर्मीलाई उपस्थित हुन हार्दिक आग्रह गर्दै सञ्चार क्षेत्रको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले पत्रकारहरूको उपस्थितिका लागि अनुरोध गरेका हुन्। साथै निवर्तमान अध्यक्ष डा बुद्धिप्रसाद शर्माले कार्यक्रमले पार्टीको संगठन विस्तार, नयाँ कार्यसमितिको औपचारिक जिम्मेवारी हस्तान्तरण तथा नयाँ सदस्यहरूको प्रवेशमार्फत आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेको बताए ।।
रास्वपा रुपन्देहीले यस कार्यक्रमलाई जिल्लाको संगठनात्मक गतिविधिका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। पार्टीको आज्ञाले जारी गरिएको निमन्त्रणापत्रमा जिल्ला कार्यसमितिका सहसचिव बाबुराम अर्यालको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु