गृहपृष्ठ बालेन इलाममा चुनावी अभियानमा व्यस्त

बालेन इलाममा चुनावी अभियानमा व्यस्त


माघ ८, २०८२

इलाम, २२ माघ २०८२ – बिहानै झापाबाट इलाम पुगेका बालेनले पार्टीका उम्मेदवारहरूसँग छलफल गरी क्षेत्रीय अवस्था बुझेका छन्। रास्वपाबाट इलाम १ मा विमल गदाल र इलाम २ मा गोकुलबहादुर राई चुनावी मैदानमा छन्।

बालेनले स्थानीय जनताको समस्या बुझ्न र समाधानतर्फ केन्द्रित हुन सुझाव दिएका छन्। उनी बिहानदेखि इलाममा घरदैलो भ्रमणमा व्यस्त छन्।

इलामको चुनावी अभियान सकेपछि बालेन नेतृत्वको टोली ताप्लेजुङ जाने कार्यतालिका बनाएको छ। टोली भोलि ताप्लेजुङस्थित पाथीभरा दर्शनका लागि पुग्नेछ।

यसैबीच, बालेन स्वयं झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु