गृहपृष्ठ भदौ मसान्तसम्म सरकारी बजेट खर्च ९.१७% मात्र, राजस्व संकलन १०.४३%
भदौ मसान्तसम्म सरकारी बजेट खर्च ९.१७% मात्र, राजस्व संकलन १०.४३%
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा सरकारले कूल बजेटको ९ दशमलव १७ प्रतिशत मात्र खर्च गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म चालुतर्फ ९.६७ प्रतिशत, पुँजीगततर्फ १.५६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १५.८९ प्रतिशत खर्च भएको छ।
यस वर्ष कूल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्म एक खर्ब ८० अर्ब १७ करोड ४ लाख रुपैयाँ खर्च भएको छ।
-
चालुतर्फ: ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन, हालसम्म १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख खर्च
-
पुँजीगत: ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन, हालसम्म ६ अर्ब ३५ करोड ३३ लाख खर्च
-
वित्तीय व्यवस्था: ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन, हालसम्म ५९ अर्ब ६२ करोड ९९ लाख खर्च
यस अवधिमा राजस्व संकलन पनि सुस्त छ। सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने वार्षिक लक्ष्य लिएकोमा भदौ मसान्तसम्म १०.४३ प्रतिशत अर्थात् १ खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ मात्र संकलन भएको छ।
-
कर राजस्व: १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख लक्ष्य, हालसम्म ११.३५% अर्थात् १ खर्ब ५० अर्ब ४० करोड १३ लाख असुली
-
गैरकर राजस्व: १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख लक्ष्य, हालसम्म ४.६२% अर्थात् ७ अर्ब १३ करोड २१ लाख असुली
-
वैदेशिक अनुदान: ५३ अर्ब ४४ करोड ६९ लाख लक्ष्य, हालसम्म २.३८% अर्थात् १ अर्ब २७ करोड ३७ लाख संकलन










