गृहपृष्ठ सडकमा हिँड्दै गरेका पैदलयात्रीलाई ठक्कर, बस उपमेयरको घरमा पस्यो
सडकमा हिँड्दै गरेका पैदलयात्रीलाई ठक्कर, बस उपमेयरको घरमा पस्यो
हेटौंडा, मकवानपुर – मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
थाहा नगरपालिका–३ स्थित गोपाली गाउँमा त्रिभुवन राजपथमा दुर्घटना भएको हो। बा ३ ख ५९९० नम्बरको बस गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गर्दा ब्रेक फेल भएर बस थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र पसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी ४० वर्षीय कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको ज्यान गएको हो। बसले सडकमा हिँडिरहेका एक पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएर उपमेयरको घरमा पसेको स्थानीयले बताएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका रघुनन्द यादव र कमलेश कुमार साहको उपचार भइरहेको प्रहरीले जनाएको छ।









