गृहपृष्ठ सर्वोच्चको फैसला: कांग्रेसमा थापा टिम नै वैधानिक

सर्वोच्चको फैसला: कांग्रेसमा थापा टिम नै वैधानिक


बैशाख ५, २०८३

काठमाडौं — नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको टिमलाई वैधानिक मान्यता दिएको छ।

अदालतले विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोग को निर्णयलाई सदर गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट निवेदन खारेज गरेको हो।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बिहीबार र शुक्रबारको सुनुवाइपछि उक्त निर्णय सुनाएको हो। यस आदेशसँगै माघ महिनादेखि जारी कांग्रेसभित्रको विवाद कानुनी रूपमा टुंगिएको छ।

यसअघि पूर्वसभापति देउवा र कार्यवाहक सभापति खड्काले माघ ४ गते निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो समूहले समानान्तर गतिविधि समेत सञ्चालन गर्दै आएको थियो।

माघ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ मागेको थियो।

यसैबीच थापा नेतृत्वले मुद्दा विचाराधीन रहेकै अवस्थामा आगामी असोज १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने घोषणा गरिसकेको छ। उक्त कार्यतालिका विरुद्ध देउवा समूहले चैत २६ गते पुनः अर्को रिट दायर गर्दै कार्यान्वयन रोक्न माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु