गृहपृष्ठ लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. विष्णु गौतम नियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. विष्णु गौतम नियुक्त


बैशाख ९ , २०८२

बुटवल टाइम्स

बुटवल — लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतमलाइ नियुक्त गरिएकाे छ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि  उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्री खेम सारुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अन्तरिम व्यवस्थाका रूपमा डा. गौतमलाई मेसु नियुक्त गरेको जानकारी दिए। अस्पतालको व्यवस्थापन सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित यो निर्णय गरिएको जनाइएको छ।

डा. गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन्। लामो समयदेखि सरकारी स्वास्थ्य क्षेत्रमा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवका आधारमा उहाँलाई मेसुको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

यस क्षेत्रकै सबैभन्दा ठूलो स्वास्थ्य संस्थाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले सेवा लिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु