गृहपृष्ठ गृहमन्त्री सुधन गुरुङको राजीनामा : नैतिकताको आधारमा पद त्याग

गृहमन्त्री सुधन गुरुङको राजीनामा : नैतिकताको आधारमा पद त्याग


वैशाख ९,२०८३

बुटवल टाइम्स

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।
आजदेखि लागू हुने गरी गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका मन्त्री गुरुङले पदबाट राजीनामा दिएका छन्। चैत १३ गतेदेखि जिम्मेवारी सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।

राजीनामा घोषणा गर्दै मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो हुने बताएका छन्। देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने स्पष्ट सन्देश दिएको उनको भनाइ छ। उनले “४६ जना भाइ–बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारमाथि प्रश्न उठेमा त्यसको जवाफ नैतिकता नै हुनुपर्छ” भन्ने धारणा व्यक्त गरेका छन्।

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले स्पष्ट पारे। साथै, उनले सञ्चारकर्मीहरूलाई पनि नैतिकताको प्रश्न उठाउँदै केही मिडियाकर्मीहरूको ‘स्वीट शेयर’ सम्बन्धी विषयहरू क्रमशः बाहिर आउने संकेत गरेका छन्।

अन्त्यमा उनले आम नेपाली, विशेषगरी युवाहरूलाई सम्बोधन गर्दै वास्तविक परिवर्तनका लागि सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु