गृहपृष्ठ रुवी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित

रुवी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित

Oplus_16908288

चैत २७, २०८२

बुटवल टाइम्स

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकबाट श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त भएको थियो।

उपसभामुख पदका लागि प्रस्तुत प्रस्तावको पक्षमा २२९ सांसदले मतदान गरेका थिए भने विपक्षमा ५ मत परेको थियो। विपक्षमा मतदान गर्नेहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रहेका छन्।

मत विभाजनका क्रममा २२ सांसदले भने पक्ष वा विपक्ष कुनै पनि धारमा मतदान गरेनन्। उक्त बैठकमा कुल २५६ सांसद उपस्थित थिए।

ठाकुरको निर्वाचितसँगै प्रतिनिधिसभाले नयाँ उपसभामुख पाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु