गृहपृष्ठ बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंक खातामा १ करोड ४६ लाख,

बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंक खातामा १ करोड ४६ लाख,


चैत २९ , २०८२

काठमाडौ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार शाहको बैंक खातामा एक करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।
सार्वजनिक विवरणमा उनका आम्दानीका मुख्य स्रोतहरू सामाजिक सञ्जालहरू रहेको जनाइएको छ। आम्दानीको स्रोतअन्तर्गत फेसबुक, युट्युब, टिकटक, स्पोर्टिफाई र आइट्युन्स समावेश गरिएको छ।
यसैबीच, उनकी श्रीमती सबिना काफ्लेको नाममा १९० तोला सुनका गहना रहेको उल्लेख छ। ती गहनाको स्रोत ‘पैतृक’ भएको विवरणमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु